
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक माघ १५ गते बस्ने भएको छ। यसअघि पुस २८ गतेका लागि सो बैठक तय भएको थियो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले विज्ञप्ती जारी गर्दै पुस २८ गतेका लागि तय भएको बैठक माघ १५ गते अपरान्ह १ बजे बस्ने गरि कार्यतालिका हेरफेर गरिएको जनाएका हुन्।