काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनको सिलसिला आफूले सुरु नगरेको बताएका छन्।
हिजोको प्रतिनिधिसभा बैठकमा उनले आफूले गरेको विघटन सही भएको बताएका थिए। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटनको बचाउ गरेको भन्दै आलोचना गरेका थिए।
आज देउवालाई जवाफ दिँदै ओलीले शेरबहादुरले २०५८ सालमा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए।
भने, ' १५ सालमा राजाले विघटन गर्यो, २०१७ सालमा विघटन गर्ने म होइन, २०५१ सालमा मध्यावधी गर्ने नेपाली कांग्रेस हो। म होइन। २०५८ सालमा मध्यावधी गरेर माघ १९ पुग्यो। मैले समर्थन गरेको थिएँ, तपाईंले विघटन गरेको होइन? म प्रश्न गर्न चाहन्छु। मौका अनुसारको व्याख्या राजनीतिमा गर्नु हुँदैन।'
'मैले शेरबहादुरजीले के गर्नु भएको भनेर मैले हेरेको हो। गुरु मन्दा हमला ?' ओलीले शेरबहादुरलाई लक्षित गर्दै थप भने।