PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'कांग्रेसले प्रजातन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो, थ्याङ्क यु भेरि मच'



पहिलोपोस्ट

'कांग्रेसले प्रजातन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो, थ्याङ्क यु भेरि मच'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भनेर गरेको निर्णयको स्वागत गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। त्यसैक्रममा ओलीले सबैलाई प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरे र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रचण्डलाई समर्थन गर्ने गरेको निर्णयको स्वागत गरेका हुन्। उनले कांग्रेसले पक्षमा मत दिए प्रतिपक्षमा बस्ने भनेर गरेको निर्णयले प्रजातन्त्रमा नयाँ भाष्य स्थापति गर्नेसमेत बताए।

'प्रतिपक्षको होइन सहकार्यको कुरा कांग्रेसले देखाएको छ। यो धेरै खुशीको कुरा हो। डेमोक्रेसीको नयाँ भाष्य स्थापति भयो। यसबारेमा देश, विदेश र इतिहासमा छलफल होला, डिस्कोर्स होला,' उनले भने, 'सत्ता पक्ष प्रतिपक्ष भनेको के हो। विश्वव्यापी मान्यता अभ्यास छ। त्यसमा म गइन समर्थनका लागि धन्यवाद। थ्याङ्क यु भेरि मच।'

तर, प्रचण्डले कांग्रेसले विश्वासको मत दिएर जाल गर्ने प्रयास गरे उसलाई नै बेफाइदा हुने चेतावनी दिए।

'यो समर्थन कुनै जाल होइन भने स्वागतयोग्य छ। जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तो हुनेछ,' ओलीले चेतावनी दिँदै भने।

ओलीले प्रचण्डलाई विश्वासको मत नदिने कुनै कारण नभएको र कांग्रेसले समेत मत दिने निर्णय गरिसकेकोले सबै दल र स्वतन्त्र सांसदहरुलाई समेत विश्वास गरेर मत दिन आग्रह गरेका छन्।

'अब पक्ष प्रतिपक्ष रहेन। राष्ट्रिय सरकार नै भइसक्यो। प्रचण्ड सरकारको विरोध गर्ने ठाउँ छैन। कांग्रेसका लागि त झनै ठाउँ छैन। दुई वर्षपछि हाल्ने भए अहिले किन नहाल्ने? त्यसमा बहस नगरौं। यो राम्रो निर्णय हो,' ओलीले भने।

प्रचण्डले विश्वासको मत माग्दै सरकारले अब गर्ने काम र भविष्यमा गर्ने काम बारे व्यक्त गरेको प्रतिबद्धता स्वागतयोग्य रहेको ओलीले बताए। तर उनले प्रतिबद्धतासँगै चुनौती आउने भन्दै त्यसको सामना गर्न सबैजना तयार हुनुपर्ने बताए।

'सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमले अब सरकारले गर्नुपर्ने कामको सम्बन्धमा स्पष्ट प्रतिबद्धता अघि सारेको छ। प्रतिबद्धता जति कडा त्यति नै चुनौती हुन्छ। प्रतिबद्धता भए पछि पुरा गर्नुपर्‍यो। अब यो सरकारले काम गर्छ भन्नेमा विश्वस्त छौं,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell