PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसदमा रेशमलाई न्याय मागिँदै गर्दा टिकटकमा भाइरल भइरहेको छ उनकै यी गीत



पहिलोपोस्ट

संसदमा रेशमलाई न्याय मागिँदै गर्दा टिकटकमा भाइरल भइरहेको छ उनकै यी गीत

कस्तो होला भाटु राजाको दरबार

कस्तो होला साली राजाको दरबार

घुमाइदिनु भाटु नौतले धरहरा

घुमाइदिउँला साली नौतले धरहरा

@karishmadhakal Ghumae dinu hai🙈🙈 #karishmadhakal #trend #fyp ♬ ghumaidinu vàtu NAU tale dharara - महा ___रानि👸👑🌈

माथिको गीत अहिले टिकटकमा भाइरल भइरहेको छ। हाल जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीले २१ वर्षअघि गाएको ‘राजाको दरबार कस्तो होला भाटु’ बोलको गीतको अंश हो।

यो गीतमा नृत्य गरेर टिकटक बनाउनेको संख्या अहिले बढ्दो छ। हालसम्म यस माथिको क्लिपमा मात्रै ३३ हजार ३ सय बढी टिकटक भिडियो बनिसकेका छन्। चर्चित मोडल करिश्मा ढकाल र मिस पबीले समेत यस गीतमा टिकटक बनाएकी छिन्। साली र भिनाजुबीच भएको काठमाडौं सहर घुम्ने कुराहरुलाई गीतले यसरी समेटेको छ:

@ranzitaa.shrestha मेरो श्रिमान माननिय रेशम चौधरी द्वारा २०५८ साल मा record गरेको गित!! #रेशम_चौधरी #नागरिक_उन्मुक्ती_पार्टी #चार_दिवारमा_थुनिएर_आज_भोली_मन्द_छु #ranzitaa #रेशम_निर्दोष #जयनागरिक #घनश्यामचिया #aayanboy❤️❤️❤️ ♬ original sound - ranzitaa Shrestha

काठमाडौं शहर, कता पर्छ भाटु

काठमाडौं शहर, कता पर्छ साली

मलाई पनि भाटु छ घुम्ने रहर

मलाई पनि साली छ घुम्ने रहर

यो गीत मात्रै होइन रेशमकै अर्को थारु गीत ‘मैया लगल साली’ पनि चर्चामा छ। यी दुबै गीतका शब्दहरु फरक भए पनि संगीत र लय भने एउटै छ। थारु गीतमा रेशम स्वयम फिचर्ड छन्। टिकटकमा रेशमले गाएको गीतमा लाखौं टिकटक बनेपछि दर्शक पनि यो गीत खोज्न अहिले युट्युवसम्म पुगिरहेका छन्।  

@santosh_chaudhary555 lahoi lahoi sali harj song#grow #tharuculture #dangmuser #trending #?##goviral #account #foryoupage ♬ original sound - 💫सन्तोष 💝चौधरी💫

 

श्रीमानले गाएको गीत एकाएक भाइरल भएसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि उक्त क्लिपमा टिकटक बनाएकी छिन्। जहाँ रञ्जितासहित थारु समुदायका महिलाहरु नृत्य देख्न सकिन्छ। ‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत।’ उनले लेखेकी छिन्।

रेशम चौधरी र नागरिक उन्मुख पार्टी चार दिवारमा थुनिएको बताउँदै रञ्जिताले रेशमलाई निर्दोष रहेको समेत उल्लेख गरेकी छिन्। रञ्जिताको कुरामा समर्थन जनाउदै टिकटक प्रयोगकर्ता पनि रेशममै पक्षमा खुलिरहेका छन्। रेशमले गाएको गीत एकाएक टिकटकमा चर्चा भएसँगै उनको रिहाइको माहोल समेत सिर्जना गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रेशमको रिहाइ माग गरिहरको बेला यी गीतहरु भाइरल भएका हुन्। रञ्जिताले संसदबाट आफू रेशमलाई न्याय माग्नदै आइपुगेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell