PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रधानमन्त्रीलाई आफ्नो वचन सम्झाउँदै रञ्जिताले भनिन् : प्रचण्डज्यू तपाईंबाट यसपटक पक्कै न्याय हुनेछ



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई आफ्नो वचन सम्झाउँदै रञ्जिताले भनिन् : प्रचण्डज्यू तपाईंबाट यसपटक पक्कै न्याय हुनेछ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वचन पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएकी छिन्।

सो पार्टीले पार्टीका सल्लाहकार रेशम चौधरी र अन्य थारु राजबन्दीको रिहाई माग गर्दै आएको छ। प्रचण्ड सरकारलाई समर्थन गरे पनि माग पूरा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने श्रेष्ठले बताएकी छिन्।

आज प्रचण्डलाई विश्वासको मत दिने भन्दै उनले यसपटक प्रधानमन्त्रीबाट वाचा पूरा हुनेमा उनले विश्वास व्यक्त गरिन्।

'हामीलाई दयाको भिख चाहिएको छैन। टिकापुर घटनामा राजबन्दी छुटाइदेउ पनि भन्दैनौं। तर बस् हामीलाई न्याया चाहिएको छ,' उनले भनिन्।

सरकारलाई समर्थन गरेर पनि प्रतिपक्षमा किन बसेको भन्दै धेरैले प्रश्न सोधेको भन्दै उनले यसको उत्तर प्रधानमन्त्रीसँगै रहेको बताइन्।

'वाचा पुरा गरेको भए सत्तापक्षको कुर्सीमा हुने थियौं,' उनले भनिन्।

रञ्जिताले आफूहरु संघीयता पक्षधर पार्टी भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको समेत बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell