PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दौरासुरुवाल लगाउनुको कारण खुलाए प्रचण्डले : क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो आएन



पहिलोपोस्ट

दौरासुरुवाल लगाउनुको कारण खुलाए प्रचण्डले : क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो आएन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री भएपछि दौरासुरुवाल लगाएको कारण खुलाएका छन्। आफू दौरासुरुवालको विरोधी कहिल्यै नभएको उल्लेख गर्दै अवसर नजुर्दा यति ढिला भएको दाबी गरे।

‘यसपटक प्रधानमन्त्री हुँदा दौरासुरुवाल लगाएपछि धेरै चर्चा भयो। मलाई कयौं विदेशीले पनि किन नलागएको भनेर सोध्ने गर्थे,’ प्रचण्डले भने, ‘देशभित्र पनि सोधेका थिए। तर म दौरासुरुवाल कोट विरोधी थिइनँ। लगाउने अवसर नै पाइएन।‘

यसपटक भने राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले आफूलाई दौरासुरुवालमा देख्न चाहेकोले जनभावनाअनुरुप यो पोशाक लगाएको दाबी गरे।

‘राष्ट्रपतिले पनि दौरासुरुवालमा हेर्न मन छ भन्नुभयो। केपी ओलीजी, रवि लामिछाने सबैले लगाउने कुरा गर्नुभयो,’ उनले भने, ‘मैले उपयुक्त समयमा लगाउँछु भनेर भने। समाचार बन्यो। कमेन्ट हेरें। कति नेगेटिभ आउँछ, कति पोजेटिभ आउँछ। नेगेटिभ एउटै आएन। जनभावनाअनुरुप नै मैले लगाएको हुँ।‘

आफूले गरेको क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो नआएकोसमेत प्रचण्डको भनाई थियो। ‘क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो पनि देखिनँ मैले। लगाउने जति जिते। नलगाउने जति हारेको,’ हाँस्दै प्रचण्डले भने।

उनले दौरासुरुवाल सबै नेपालीको साझा पोशाक बनेकोसमेत बताए। ‘यो के आदिवासी सबैको साझा पोशाकको रुपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell