PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्।

आजको बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए भने विपक्षमा २ जनाले मत दिएका थिए।

प्रधानमन्त्री प्रचण्डलाई २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ मत चाहिन्थ्यो। आज प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा  एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रहरुले विश्वासको मतको पक्षमा मतदान दिएका हुन्।

विपक्षमा जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी नेमकिपाका प्रेम सुवालले मत दिएका हुन्। 

आजको बैठकमा तीनजना सांसद अनुपस्थित रहे। नेपाली कांग्रेसका एक सांसद निलम्बनमा रहेकाले उनले मत दिन पाएनन्। यस्तै, जेष्ठ सदस्य पशुपति शमशेर जबराले पनि मत दिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell