
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत पाए। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्।
बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए। उनको विपक्षमा भने दुई जनाले मत दिएका थिए।
विपक्षमा जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी नेमकिपाका प्रेम सुवालले मत दिएका हुन्। नेमकिपालाई संसदको स्थायी प्रतिपक्षको रुपमा लिइन्छ। यसअघिको प्रतिनिधिसभामा पनि सुवालले प्रतिपक्षमा सरकारलाई गुण र दोषको आधारमा आलोचना गरेका थिए।
केसी भने यसअघि प्रचण्डसँगै गठबन्धनमा थिए। तर, प्रचण्डले गठबन्धन परिवर्तन गरेपछि उनले विपक्षमा मत दिने घोषणा गरेका हुन्।