PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

विश्वासको मत पाएपछि प्रफुल्लित प्रचण्ड

विश्वासको मत पाएपछि प्रफुल्लित प्रचण्ड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाए। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्।

आजको बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए भने विपक्षमा २ जनाले मत दिएका थिए।

प्रधानमन्त्री प्रचण्डलाई २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ मत चाहिन्थ्यो। प्रचण्डले अत्यधिक बहुमत पाएसँगै उनले सांसदहरुलाई धन्यवाद दिएका थिए। त्यस्तै, बैठकमा उपस्थित सांसदहरुले पनि उनलाई बधाई दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell