PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

विश्वासको मतदानमा कांग्रेसका यी ३ सांसद अनुपस्थित, प्रहरीको फरार सूचीमा रहेकाले पनि हाले मत



पहिलोपोस्ट

विश्वासको मतदानमा कांग्रेसका यी ३ सांसद अनुपस्थित, प्रहरीको फरार सूचीमा रहेकाले पनि हाले मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डले २६८ मत पाएका हुन्। २७० जना सांसद विश्वासको मतदानमा सहभागी भएको जेष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिएका छन्।

आजको बैठकमा ३ जना सांसद अनुपस्थित भए भने जेष्ठ सदस्य पशुपतिले सभामुखको भूमिका निभाएकाले मतदान गर्न पाएनन्।

अुनपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद मनोरम शेरचन, अम्बिक बस्नेत र किशोर सिंह राठोर रहेका छन्। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले निलम्बन भएका कारण मतदानमा सहभागी हुन पाएनन्।

यस्तै, प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कुइरीले पनि विश्वासको मत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell