PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ब्राजिलमा दंगा : बर्खास्त गरिएका सैनिक प्रहरी प्रमुख पक्राउ, अन्य उच्च अधिकारी पनि नियन्त्रणमा



पहिलोपोस्ट

ब्राजिलमा दंगा : बर्खास्त गरिएका सैनिक प्रहरी प्रमुख पक्राउ, अन्य उच्च अधिकारी पनि नियन्त्रणमा
Photo :Reuters / Wall Street Journal

ब्राजिलमा सरकारी भवनहरुमा भएको आक्रमणमा सरकार कडा रुपमा प्रस्तुत भएको छ। केहीदिन अघि पूर्व राष्ट्रपति जैर बोलसोनारोका समर्थकहरुले राष्ट्रपति भवन घेर्नुका साथै संसद भवन र सर्वोच्च अदालतमा प्रवेश गरि तोडफोड गरेका थिए। सो आक्रमणको अनुसन्धानका लागि न्यायिक छानबिन समिति गठन गरिएको छ।

दंगा फैलाएको आरोपमा सैनिक प्रहरीका पूर्व कमान्डर फाबियो अगस्तो, पूर्व नागरिक सुरक्षा अधिकारी एडरसन तोरेस लगायत उच्च अहोदाका अधिकारीहरुलाई पक्राउ गरिएको छ। बोलसोनारोका समर्थकहरुले सरकारी भवनमा हुलदंगा गरेपछि अगस्तोलाई बर्खास्त गरिएको थियो। तोसेरले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्।

ब्राजिलका नयाँ राष्ट्रपतिका रुपमा लुला डि सिल्भाले शपथ लिएको केही सातामा नै यो घटना घटेको हो। सिल्भाले प्रदर्शनमा सहभागी भएकाहरुलाई सजाय दिने बताएका छन्। प्रदर्शनमा सहभागी १ हजार ५०० जनाभन्दा बढीलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो। बोलसोनारो भने राष्ट्रपतिको शपथग्रहणमा सहभागी नभइ अमेरिका भागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell