PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मौसम प्रतिकूल हुँदा आज बिहानै देखि आन्तरिक उडान प्रभावित, हिजो रद्द भएका उडानको पालो पनि आजै



पहिलोपोस्ट

मौसम प्रतिकूल हुँदा आज बिहानै देखि आन्तरिक उडान प्रभावित, हिजो रद्द भएका उडानको पालो पनि आजै

काठमाडौं : मौसमी प्रतिकूलताका कारण बुधबार बिहानैदेखि पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न नसकेकाले उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

‘पोखरा तर्फको उडान मात्र भइरहेको छ। तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न बाँकी नै छ। यात्रु चेक-इनको काम भइरहेको छ। विमानस्थल खुला भएसँगै उडान हुनेछन्,’ विमानस्थलका एक कर्मचारीले भने, ‘मौसमी प्रभावका कारण हिजोबाट उडान रद्द हुने समस्या झन् बढेको छ।’

मंगलबार रद्द भएका ६१ वटा उडान आज (बुधबार) को पालोमा सरेका छन्। रद्द भएका उडानका इच्छुक यात्रुलाई वायुसेवा कम्पनीले आजका उडानमा गाभ्ने तयारी रहेको उनले बताए।

उनका अनुसार आज आन्तरिकतर्फ २२६ उडान-अवतरणको तालिका छ। मौसमी प्रतिकूलताका कारण मंगलबार बुद्ध, यती, श्री, गुण, सौर्य लगायत वायुसेवाको क्रमश : ३३, १४, १०, १, ३ वटा उडान  रद्द भएका थिए।

यी वायुसेवाको विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा लगायत गन्तव्यतर्फका उडान रद्द भएक विमानस्थल कार्यालयले जनाएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell