PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु



पहिलोपोस्ट

खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठककाअनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।

गए राति विश्वराजले श्रीमती प्रमिलालाई खाना नपकाएको निहुँमा पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरीले जनायो।

भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell