PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादवले पेस गरे दाबी



पहिलोपोस्ट

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादवले पेस गरे दाबी

काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज यादव प्रदेश प्रमुख कार्यालय पुगेका छन्।

केन्द्रीय सहमति अनुसार मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकार चलाउने सहमति गरेका हुन्। त्यही अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई यादवलाई आज जसपाका यादवले आज दाबी पेस गरेका हुन्।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको आवश्यकता पर्छ। यहाँ एमालेको २३, नेपाली कांग्रेसको २२, जसपाको १६, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ८, एकीकृत समाजवादीको ७ र स्वतन्त्र सांसद ६ जना रहेका छन्। यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell