PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नेपाल टी २० फाइनल: अलस्टार्स टस जितेर ब्याटिङमा



पहिलोपोस्ट

नेपाल टी २० फाइनल: अलस्टार्स टस जितेर ब्याटिङमा

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज हुने फाइनल खेलमा लुम्बिनी अल स्टार्स टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका हुन्।

लिग चरणमा शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टार्सले पहिलो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै लिग चरणमा तेस्रो स्थानमा रहेको विराटनगर सुपरकिंग्सले इलिमिनेटरमा काठमाडौँ किंग्स र दोस्रो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

दुबै टोलीको प्लेइङ ११



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell