
दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ। बुधवार बिहान भएको गोल्डेन ग्लोबको ८०औं संस्करणमा यस गीतले ‘बेस्ट ओरिजिनलन गीत-मोसन पिक्चर’ को उपाधि जित्न सफल भएको हो।
जुनियर एनटीआर, रामचरण, आलिया भट्ट लागयतको अभिनय रहेको यो फिल्मको ‘नाटु नाटु’ गीत फिल्म रिलिज ताका निकै चर्चामा थियो। गोल्डेन ग्लोब अवार्ड जितेको यो गीत अस्कर अवार्डमा ‘ओरिजिनल सङ’ विधाको सर्टलिस्टमा परेको छ। चन्द्रबोशको शब्द रहेको यस गीतमा राहुल सिपलीगन्ज र काल भैरवको स्वर रहेको छ।
अमेरिकामा भएको अवार्ड समारोहमा यस गीतका संगीतकार एमएम कीरावणीले अवार्ड लिए। उक्त समारोहमा राजामौलिसहित एनटीआर र रामचरण पनि उपस्थित थिए। साउथ अभिनेता चिरञ्जीवीले आरआरआरको यो उपलब्धिलाई ऐतिहासिक भनेका छन्।
एसएस राजामौलीको ‘आरआरआर’ दुई विधामा नोमिनेसनमा परेको थियो। आरआरआरले उत्कृष्ट गैर अंग्रेजी फिल्म विधामा अवार्ड जित्न सकेन। उक्त अवार्ड फिल्म ‘अर्जेन्टिना १९८५’ ले जितेको छ।
उत्कृष्ट गैर अंग्रेजी फिल्म : अर्जेन्टिना १९८५
उत्कृष्ट फिल्म (ड्रामा) : द फाबेलम्यान्स (युनिभर्सल पिक्चर्स)
उत्कृष्ट निर्देशक(मोशन पिक्चर): स्टीवन स्पिलबर्ग (फेबेलम्यान)
उत्कृष्ट गीत(मोशन पिक्चर): नाटु नाटु (आरआरआर)
उत्कृष्ट एनिमेटेड फिल्म: गुइलेर्मो डेल टोरोज पिनोचियो
उत्कृष्ट टेलिभिजन श्रिखंला: हाउस अफ द ड्रागन
उत्कृष्ट फिल्म (म्युजिकल वा कमेडी) : द ब्यान्सिज अफ इनिसिरिन
उत्कृष्ट पटकथा (मोसन पिक्चर) : द ब्यान्सिज अफ इनिसिरिन– मार्टिन म्याकडोनाघ
उत्कृष्ट अभिनेता ड्रामा: अस्टिन बटलर (एल्विस)
उत्कृष्ट अभिनेत्री ड्रामा: केट ब्ल्यान्चेट (तार)
उत्कृष्ट टेलिभिजन अभिनेता (संगीत र हास्य श्रृंखला): जेरेमी एलेन ह्वाइट (द बियर)
उत्कृष्ट टेलिभिजन अभिनेत्री (म्युजिकल र कमेडी सिरिज): क्विन्टा ब्रन्सन (एबट एलिमेन्टरी)
उत्कृष्ट अभिनेता (म्युजिकल वा कमेडी फिल्म): कोलिन फारेल (द ब्यान्सिज अफ इनिसिरिन)
उत्कृष्ट अभिनेत्री (म्युजिकल वा कमेडी फिल्म): मिसेलशेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट सहायक अभिनेत्री (फिल्म): एन्जेला बासेट (ब्ल्याक प्यान्थर: वाकान्डा फरेभर)
उत्कृष्ट सहायक अभिनेता (फिल्म): के हुआ क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)