PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पृथ्वीनारायण शाहको सम्झनामा बुधवार देशैभर ३०१ औं पृथ्वी जयन्ती मनाइँदैछ।

विसं १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहको जन्मजयन्तीका अवसरमा आज मुलकुभर विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ।

यसै अवसरमा सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माला लगाउने भिड लागेको छ। विभिन्न जातजातीहरुको झाँकी निकालेर मानिसहरु शालिकमा पुगिरहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सिंहदरबार अघि रहेको शालिमा पुगेर माल्यापर्ण गरेकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell