PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

नेपाल टी २० लिगको पहिलो च्याम्पियन बन्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य



पहिलोपोस्ट

नेपाल टी २० लिगको पहिलो च्याम्पियन बन्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी फाइनल खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको अलस्टार्सले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो। अलस्टार्सका लागि ओपनर लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन बनाउँदा अर्का ओपनर ३० रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यसपछिका पाँच जना ब्याट्सम्यान भने दोहोरो अंकको रन बनाउनै असफल रहँदा लुम्बिनी ठूलो स्कोर बनाउनबाट भने चुक्यो।

बलिङतर्फ विराटनगरका नन्दन यादव र राज नाननले समान २ विकेट लिँदा हुसैन तलत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले समान १ विकेट लिए।

विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

लिग चरणमा शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टार्सले पहिलो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै लिग चरणमा तेस्रो स्थानमा रहेको विराटनगर सुपरकिंग्सले इलिमिनेटरमा काठमाडौँ किंग्स र दोस्रो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell