PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस



पहिलोपोस्ट

लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन्। सत्तारूढ गठबन्धन दलहरूबिच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। नेता गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरि ५८ जना सांसदले समर्थन गरेका छन्। 

लुम्बिनीमा नेपाली कांग्रेस (२७), नेकपा एकीकृत समाजवादी (१) र राष्ट्रिय जनमोर्चा (१) मात्रै विपक्षमा बसेका छन्।

यहाँ एमाले संसदीय दलका नेता गिरीले पहिलो साढे २ वर्ष र माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ। प्रदेश प्रमुख शेरचनले आज दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए।

यससँगै गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्ने निश्चित भएको छ। २०७४ को पहिलो प्रदेशसभा निर्वाचनपछि एमालेका महासचिव शंकर पोखरेल पहिलो मुख्यमन्त्री बनेका थिए। उनको सरकार ढाल्दै २०७८ साउन २८ मा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell