PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने



पहिलोपोस्ट

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्।

उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरि पदभार सम्हालेका थिए। उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जन र जनता समाजवादी पार्टीको एक गरि ६० सदस्यले समर्थन जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell