PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

अनुसन्धानको लागि भन्दै प्रहरीले क्यानसँग माग्यो 'स्पट फिक्सिङ'मा आशंका गरिएका खेलको फुटेज



पहिलोपोस्ट

अनुसन्धानको लागि भन्दै प्रहरीले क्यानसँग माग्यो 'स्पट फिक्सिङ'मा आशंका गरिएका खेलको फुटेज

काठमाडौं : 'स्पट फिक्सिङ'को आरोप खेपिरहेको नेपाल टी २० लिगका खेलहरुको फुटेज प्रहरीले मागेको छ।

कीर्तिपुरस्थित क्रिकेटम मैदानमा आज फाइनल खेल भइरहेको छ। उपाधिका लागि लुम्बिनी अल-स्टार्स र विराटनगर सुपरकिंग्स भिडिरहेका छन्। कीर्तिपुरमा फाइनल खेल भइरहँदा 'स्पट फिक्सिङ'मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। त्यसै क्रममा आज प्रहरीले नेपाल क्रिकेट संघ क्यानलाई पत्रचार गर्दै फिक्सिङको आशांका गरिएका खेलको फुजेट र मैदानभित्रका सिसिक्यामराको फुटेजसमेत माग गरेको हो।

क्यानका सचिव प्रशान्त बिक्रम मल्लले आयोजकलाई प्रहरीले खोजेको फुटेज उपलब्ध गराउन निर्देशन दिएका छन्।

टी-२० लिगका खेलमा फिक्सिङ भएको घटना बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान थालेको थियो। अहिले प्रहरीले घटनामा संदिग्ध रहेका व्यक्ति, साछी, जान्ने सुन्नेहरुसँग बयान तथा सोधपुछ गरिरहेको छ। जारी लिगमा ६ टिममा करिब ९० जान खेलाडी सहभागी छन्। जसमा ३४ जना विदेशी खेलाडी रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि  प्रहरीले सोधपुछ गरेको छ। त्यस्तै, नेपाली र विदेशी खेलाडीहरुसँग पनि प्रहरीले बयान लिएको छ। प्रहरीले फिक्सिङमा संदिग्ध व्यक्तिहरुको पहिचान समेत गरिरहेको दाबी गरेको छ। प्रहरीले पहिचान भएका व्यक्तिहरुविरुद्ध थप प्रमाण संकलन गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही नेपाली र विदेशी खेलाडीहरु फिक्सिङमा संलग्न भएको खुलेको छ।

नेपाल टी-२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले उनी सम्पर्कबिहीन भएको प्रहरीले जानकारी दिएको छ। जतिनलाई प्रहरीले खोजी रहेको छ। तर उनी सम्पर्कमा छैनन्।

जतिन क्यानको सम्पर्कमा आएको भने प्रहरीले सूचना हात पारेको छ। फरार भएर भारत पुगेपछि उनले १ करोड रुपैयाँ समेत पठाएको देखिन्छ। प्रहरीले यसबारेमा पनि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell