PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सुदूरपश्चिममा सभामुखको निर्वाचन भोलि, भण्डारी र रावलको मनोनयन



पहिलोपोस्ट

सुदूरपश्चिममा सभामुखको निर्वाचन भोलि, भण्डारी र रावलको मनोनयन

कैलाली : सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ। सभामुख पदका लागि दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट भीम भण्डारी र नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका हुन्। आज साढे दुई बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको समय तोकिएको थियो।

रावलले कांग्रेसका पृथ्वी बहादुर सिंहको प्रस्ताव र मेघराज खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै भण्डारीले एमालेकी जानकी बम ऐरको समर्थन र माओवादीकी गीता देवी मालको प्रस्तावमा उम्मेदवारी दर्ता गराएकी हुन्।

सुदूरपश्चिममा भोलि सभामुख चयनका लागि मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell