
काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन्। बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन्।
उक्त गीतमा भिटेनकै शब्द र संगीत रहेको छ। कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण यस फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको अभिनय छ। चितवन र मुस्ताङमा छायांकन गरिएको यो फिल्म फागुन १९ गतेबाट रिलिज हुनेछ।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्। ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो ।