PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

नारायणकाजीलाई प्रश्न : कांग्रेसले विश्वासको मत दिएपछि एमाले तर्सेको हो?



पहिलोपोस्ट

नारायणकाजीलाई प्रश्न : कांग्रेसले विश्वासको मत दिएपछि एमाले तर्सेको हो?

काठमाडौं : उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार एतिहासिक मत प्राप्त सरकार भएको बताएका छन्। राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पुगेर फर्किँदा मन्त्री श्रेष्ठले उक्त भनाई राखेका हुन्।

उपप्रधामन्त्री श्रेष्ठलाई सञ्चारकर्मीले कांग्रेसले भोट दिएपछि एमाले तर्सेको हो? भनी प्रश्नसमेत राखेका थिए। जवाफमा उनले भने, ‘नेपाली कांग्रेस न प्रतिपक्ष नहुने हो, न एमाले तर्सिने हो।‘

नियमावलीले दिएन नि? थप प्रश्नमा श्रेष्ठले भने, ‘९९ प्रतिशत भन्दा बढी समर्थन छ। यो एतिहासिक हो। यो सबैको समर्थन कसरी जोगाउने भन्ने चुनौती छ।‘

कांग्रेस सँगै आउनुको पछाडि केही खेल छ?

त्यसैगरी श्रेष्ठलाई थप प्रश्न सोधिहाले सञ्चारकर्मीले। उनको जवाफ थियो, ‘हामीले त केही देखेको छैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell