PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै, पक्षमा मत दिने कांग्रेसको तयारी



निशा गुरुङ

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै, पक्षमा मत दिने कांग्रेसको तयारी

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्। सोमबार वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन्।

माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए। जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ। ११० सदस्यीय वाग्मती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ।

मंगलवार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ। वाग्मती प्रदेशमा पनि माओवादीकै नेतृत्वमा सरकार बनेको र प्रदेशमा पनि पछि सरकार बनाउने सम्भावना जीवितै राख्नको लागि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने कांग्रेसका एक सांसदले बताए। केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्ने स्पष्ट पारिसकेको छ। ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उनको समर्थनमा १०७ मत हुनेछ। मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारी गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell