PahiloPost

Feb 26, 2026 | १४ फागुन २०८२

राप्रपाको चियापानमा ओलीको 'हाइहेल्लो' माधव नेपालको तर्काइ र कमल थापाको अँगालो, अरु को - को पुगे?

राप्रपाको चियापानमा ओलीको 'हाइहेल्लो' माधव नेपालको तर्काइ र कमल थापाको अँगालो, अरु को - को पुगे?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म पुगेका छन्। चियापानमा एमाले अध्यक्ष ओलीको 'हाइहेल्लो' केही समय चल्यो भने एमालेसम्बन्धी प्रश्न आएपछि नेपाल तर्किए।

राष्ट्रिय एकता दिवसको सन्दर्भमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राप्रपाकै पूर्व नेतासमेत रहेका कमल थापासमेत पुगे। थापाले पार्टीमा आफूले पसिना बगाएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अँगालो हाले। 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, रामहरि खतिवडा, एमाले नेताहरु विष्णु रिमाल, राजन भट्टराई, रघुजी पन्त, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगे। त्यसैगरी उपप्रधान तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठ गोरखाबाट फर्केर कार्यक्रममा पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell