PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी



पहिलोपोस्ट

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्।

नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

उनलाई भोलि शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell