PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : संसदमा मैले देखिनँ, थाहा पाउनसाथ पक्राउ गर्न निर्देशन दिएको छु



पहिलोपोस्ट

फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : संसदमा मैले देखिनँ, थाहा पाउनसाथ पक्राउ गर्न निर्देशन दिएको छु

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कुइरीलेलाई प्रक्राउ गर्न निर्देशन दिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको भन्दै लामिछानेलाई पत्रकारले प्रश्न गरेका थिए। 'मैले देखिनँ। पछि थाहपछि मैले फोन गरेर निर्देशन दिएको छु,' लामिछानेले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापानमा सहभागी भएका लामिछानेले विश्वासको मतदानका क्रममा आफूले नदेखेको बताएका थिए। प्रहरीको फरार सूचीमा रहे पनि कोइरीले सांसदको सपथ लिनुको साथै प्रधानमन्त्रीलाई विश्वासको मतदानमा सहभागी भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell