PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बागमती गोल्डकप : मच्छिन्द्रको आत्मघाती गोलले एपिएफ क्वाटरफाइनलमा



पहिलोपोस्ट

बागमती गोल्डकप : मच्छिन्द्रको आत्मघाती गोलले एपिएफ क्वाटरफाइनलमा

हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्‍याएको हो।

खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल भएको थियो। यही गोलले एपिएफ क्लबले १-० गोलअन्तरले जित हासिल गर्‍यो।

आजको खेलमा म्यान अफ दि म्याच एपिएफका मनि लामा घोषित भए। उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे।

बिहिवार भुटनिज स्पोर्टस् क्लब अमेरिका र हिमालयन शेर्पा क्लबबिच खेल हुनेछ। बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गर‍ि १० टिमको सहभागीता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell