PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त भएपछि प्रचण्ड पहिलोपटक ओली निवास पुगेका हुन्।

मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न प्रचण्ड ओली निवास बालकोट पुगेको बताइएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब मन्त्री भागबण्ड चुनौतिपूर्ण देखिन्छ।

सबैभन्दा ठुलो दल एमाले ७८ सिटसहित सरकारमा छ। उसले मन्त्रिमण्डलमा १० जना मन्त्रीको दाबी गरेको छ। यसैगरी माघ गते तोकिएको सभामुखको निर्वाचनको लागि पनि प्रधानमन्त्री र ओलीबीच छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell