PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त



पहिलोपोस्ट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

कैलाली : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पछि उनले आज मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ।

उनले दाबी पेश गरे लगत्तै प्रदेश प्रमुखले जोशीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell