PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी



पहिलोपोस्ट

विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी
Photo: Reuters

फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा पाँचौँ मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै ७२ औं मिनेटमा मेस्सीले गोल थप्दै पीएसजीलाई २-० गोलको जित दिलाउन सफल भए।

जितसँगै १८ खेलबाट ४७ अंक अंक जोडेको पीएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४१ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell