PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आजको मौसम : यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना



रासस

आजको मौसम : यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना
फाइल फोटो।

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्ने सम्भावना भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन शून्य दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell