PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ लिँदै



पहिलोपोस्ट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ लिँदै

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्। बुधवार मुख्यमन्त्रीमा नियक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन्।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ।

सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ। लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबिच समझदारी भएको छ। अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ।

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell