PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'विन्टर सिजन' मा पनि हिमाल आरोहणका लागि आउँदै पर्यटक



पहिलोपोस्ट

'विन्टर सिजन' मा पनि हिमाल आरोहणका लागि आउँदै पर्यटक

काठमाडौं : हिमाल आरोहणका लागि 'विन्टर सिजन'मा पनि पर्यटकको माग देखिएको छ। पुसमा १५ जनाले विभिन्न पाँचवटा हिमाल आरोहण गरेका छन्। यससँगै सिजन र अफ-सिजन अवधारणाबिच मै भिन्नता आएको पर्यटन विभागका  निर्देशक युवराज खतिवडाले बताए।

‘हिमाल आरोहणका लागि प्राय जसो सिजनमा मात्र उपयुक्त हुने मानिँदै आइएको थियो। तर विन्टर सिजनमा पनि विभिन्न हिमालमा सफल आरोहण हुन सक्नु भनेको मुलुककै लागि सकारात्मक पक्ष हो,’ निर्देशक खतिवडाले भने,’यसो हुँदा आगामी दिनमा पनि हिमाल आरोहीको माग क्रमिक रुपमा वृद्धि हुने देखिएको छ।’         

उनका अनुसार पुसको पहिलो साताबाट हिमाल आरोहणका लागि आवेदन आएको थियो। पुस २१ गतेसम्म हिमाल आरोहणका लागि आएका पर्यटकमार्फत विभागले साढे ६ लाख ५५ हजार ६ सय ३२ रुपैयाँ रोयल्टी प्राप्त गरेको विभागले जनाएको छ।

विभागले चुकीमा गो (६२५८ मिटर), अमादब्लम (६८१४ मिटर), चोयु (८२०१ मिटर), धौलागिरी(८१६७ मिटर), मनास्लु (८१६३ मिटर) लगायत हिमाल आरोहणका लागि स्विकृति दिएको जनाएको छ। यी हिमाल आरोहणका लागि क्रमशः २, ४, ३, २, ४ जना आरोहीलाई स्विकृति दिइएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell