PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

अफगानिस्तानको विदेश मन्त्रालयभित्र हुँदै थियो चिनियाँ अधिकारीसँग वार्ताको तयारी, बाहिर आत्मघाती बम विस्फोट



पहिलोपोस्ट

अफगानिस्तानको विदेश मन्त्रालयभित्र हुँदै थियो चिनियाँ अधिकारीसँग वार्ताको तयारी, बाहिर आत्मघाती बम विस्फोट
Photo : Getty Images

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट गराइएको छ। राजधानी काबुलमा रहेको मन्त्रालय बाहिर भएको विस्फोटमा हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तर एक तालिबानी अधिकारीले भने २० जनाको मृत्यु भएको बताएका छन्। विस्फोटमा ४० जना घाइते भएका छन्।

आत्मघाती विस्फोट गराउन आएको व्यक्तिले मन्त्रालय भित्रै पसेर विस्फोट गराउन योजना बनाएको खुलेको छ। तर, मन्त्रालयमा प्रवेश गर्न नसकेपछि बाहिर नै विस्फोट गराइएको हो। बम विस्फोट भएको क्षेत्रमा चीन, टर्किए लगायतका राष्ट्रका राजदूतावास रहेका छन्। विस्फोट हुँदै मन्त्रालय भित्र चिनियाँ र अफगानिस्तानको तालिवानी अधिकारीबिच वार्ता हुन गइरहेको थियो।

यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासन प्रान्तले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell