PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मती प्रदेशमा सभामुख र उपसभामुखको मनोनयन दर्ता आज



रासस

वाग्मती प्रदेशमा सभामुख र उपसभामुखको मनोनयन दर्ता आज

मकवानपुर : वाग्मती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि बिहीवार मनोनयन दर्ता हुँदैछ।

प्रदेशसभा सचिवालयमा आज बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २:३० देखि ३:३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

वाग्मती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्। राप्रपाले बुधवार उनलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो।

सत्तारुढ दलहरुबिच मुख्य पद भागबण्डा हुँदा वाग्मतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो। यस्तै, वाग्मती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन।

वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell