PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

प्रधानमन्त्रीसँग वाग्मतीका मुख्यमन्त्री जमकट्टेलको भेट



पहिलोपोस्ट

प्रधानमन्त्रीसँग वाग्मतीका मुख्यमन्त्री जमकट्टेलको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन्। नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आजको भेटमा वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell