PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मात नियन्त्रण गर्न गोविन्दे हात्तीलाई दिइयो औषधि



पहिलोपोस्ट

मात नियन्त्रण गर्न गोविन्दे हात्तीलाई दिइयो औषधि
फाइल फोटो

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती 'गोविन्दे'लाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ।

मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो।

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताए।

'गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ,' उनले भने।  अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उनले जानकारी दिए।

पुस २० गतेसम्म बसेको प्राविधिक टोलीको बैठकले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो। त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए। सोही क्रममा हात्तीलाई औषधि दिइएको हो। बाघ भने सो क्षेत्रमा नदेखिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell