PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

आजदेखि कौशीमा ‘साथी, साथी आइदेउन!’ मञ्चन हुँदै



पहिलोपोस्ट

आजदेखि कौशीमा ‘साथी, साथी आइदेउन!’ मञ्चन हुँदै

काठमाडौं : टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ। आजदेखि सुरु हुने नाटक माघ १५ गतेसम्म चल्नेछ।

मानसिक स्वास्थ्यमाथि बनेको नाटकमा रंगकर्मी आशान्त शर्माको लेखन तथा निर्देशन रहेको छ। एक युवतीको मानसिक मनोदशाको पाटोलाई नाटकमा समेटिएको छ।

वर्तमान समयमा बढ्दो मानसिक समस्यालाई ख्यालमा राखेर यो नाटक प्रस्तुत गर्न लागेको आशान्त शर्मा बताउँछन्। एक युवतीको मानसिक अवस्थालाई परिवार र साथीभाईले नबुझ्दा आउने परिणाम र एक बुझ्ने व्यक्ति आएपछि सो युवतीमा आउने परिवर्तन नै नाटकको मूल कथा हो।

यस नाटकमा शर्मासहित प्रभाकार न्यौपाने, दिव्या मगर, सरला पराजुली, गोपिनी सेँढाइ, छिरिङ शेर्पा, प्रनिश मगर लगायत कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell