PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सन्दीप लामिछानेको मुद्दामा सुनुवाई सुरु, के बेरितको आदेश बदर होला?



पहिलोपोस्ट

सन्दीप लामिछानेको मुद्दामा सुनुवाई सुरु, के बेरितको आदेश बदर होला?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज चढेको छ। पटक पटक पेशी चढे पनि सुनवाई भने हुन सकेको छैन। कहिले हेर्न नभ्याउने त कहिले निवेदकका वकिलका तर्फबाट पेशी स्थगित हुँदै भएको छ।

न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज पेशी चढेको हो। अहिले मुद्दाको सुनुवाई भइरहेको छ। आज नै बहस सकिएको खण्डमा आदेश आउनेछ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्। अदालतले धरौटी मागेको खण्डमा धरौटी बुझाएर रिहा भएर बाहिरै बसेर उनले मुद्दा लड्नुपर्ने छ।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell