PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

स्रोत नखुलेको रकम सहित एक युवक समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको रकम सहित एक युवक समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell