
काठमाडौं : वाग्मती प्रदेशको सभामुख पदमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन्।
उनको प्रस्तावकमा कांग्रेसका कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्।
यस्तै, नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजुले पनि सभामुख पदका लागि मनोनयन दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा सुरेन्द्रराज गोसाइ र समर्थक गिता काफ्ले रहेका छन्।
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठकले मनोनयन दर्ता गराउने तयारी गरेका छन्।
सभामुख पदका लागि भोलि निर्वाचन हुँदैछ।