PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

वाग्मतीको सभामुखमा गठबन्धनबाट राप्रपाका भुवन पाठकले दर्ता गराए उम्मेदवारी



पहिलोपोस्ट

वाग्मतीको सभामुखमा गठबन्धनबाट राप्रपाका भुवन पाठकले दर्ता गराए उम्मेदवारी

काठमाडौं : वाग्मती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्।

सात दलीय सत्ता गठवन्धनको भागबन्डामा वाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ।

वाग्मतीको सभामुखका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदूर किसान पार्टीबाट सिर्जना सायजुले पनि उम्मेदवारी दर्ता गराएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell