PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वाग्मतीको सभामुख चयनका लागि भोलि मतदान : राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी



निशा गुरुङ

वाग्मतीको सभामुख चयनका लागि भोलि मतदान : राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी

काठमाडौं : भोलि वाग्मती प्रदेशसभाको सभामुख पदका लागि निर्वाचन हुँदैछ। सभामुख चयनका लागि आज मनोनयन हुँदैछ। ३ जनाले प्रदेशसभा सभामुखका लागि आज मनोनयन दर्ता गराएका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन्।  राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्।

केन्द्रको सात दलीय सत्ता गठवन्धनको भागबन्डामा वाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सहमति अनुसार एमाले र नेकपा माओवादी केन्द्रले वाग्मतीमा आलोपालो मुख्यमन्त्री बन्नेछन्। माओवादी केन्द्रका शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको कार्यभार सम्हालि सकेका छन्।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरि ७० जना सांसदहरुको साथ रहेको छ। उनी सभामुख निर्वाचित हुने निश्चित छ।

नेपाली कांग्रेसबाट भने सभामुखमा शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेसका कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्। प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सिट रहेको छ।

यस्तै, नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजुले पनि सभामुख पदका लागि मनोनयन दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा सुरेन्द्रराज गोसाइ र समर्थक गिता काफ्ले रहेका छन्। प्रदेशसभामा नेकपाको ३ जनामात्र सांसद छन्।

सभामुख पदका लागि भोलि निर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell