PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

डिआइजीको काज सरुवा: प्रदेश नम्बर १ मा ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा सिंह



पहिलोपोस्ट

डिआइजीको काज सरुवा: प्रदेश नम्बर १ मा ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा सिंह

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ।

गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो। आज सूचना जारी गर्दै अर्को आदेश नभएसम्म काज सरुवा गरेको जानकारी दिएको छ। प्रदेश प्रहरी प्रमुखदेखि विभिन्न विभाग तथा ब्युरोमा रहेका डिआइजीहरूको सरुवा भएको छ।

प्रदेश नम्बर एक प्रहरी कार्यालयमा डिआइजी श्याम ज्ञवालीको सरुवा भएको छ। यसअघि डिआइजी सुदीप गिरीले त्यहाँको कमान्ड सम्हालेका थिए। त्यस्तै डिआइजी बसन्तबहादुर कुँवरको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ। प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका डिआइजी टेकबहादुर राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालय,दाङमा सरुवा हो।

त्यस्तै डिआइजी दीपक थापाको बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा काज सरुवा भएको छ। डिआइजी भीमप्रसाद ढकालको कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा सरुवा गरिएको छ। डिआइजी अशोक सिंहको सुदूरपश्चिम प्रहरी कार्यालय, धनगढीमा सरुवा गरिएको छ।

त्यस्तै डिआइजी किरण बज्राचार्य,सन्दीप भण्डारी, सुदीप गिरी, रामदत्त जोशी, मोहनकुमार आचार्य, दुर्गा सिंह, बुद्धी गुरुङको पनि काज सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell