PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, दर्शकको सकरात्मक प्रतिक्रिया



पहिलोपोस्ट

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, दर्शकको सकरात्मक प्रतिक्रिया

काठमाडौं : भोलिदेखि प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ। सीजी मलस्थित चितवन सिनेप्लेक्समा भएको प्रिमियरमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ।

दर्शकको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको उपस्थिति रहेको थियो। जहाँ पुष्प र साम्राज्ञीको स्टाइलिस पहिरनले माहोल बनाएको थियो।

फिल्मका निर्देशक तथा निर्माता रमेश एमके पौडेल प्रिमियरमा सहभागी भएका थिए। प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको निर्देशक पौडेलले बताए।

प्रिमियरअघि ‘तिम्रो मेरो साथ’ टिम नारायणगढमा आयोजित चितवन महोत्सवमा समेत सहभागी भएको थियो। जहाँ दर्शकहरुको घुइँचोले फिल्म टिम घेरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell