PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ



पहिलोपोस्ट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकता (देउखुरी) मा मुख्यमन्त्री गिरीले शपथ ग्रहण गरेका हुन्।

दिउँसो १ बजे शपथ ग्रहणको समय तोकिएको भएपनि मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूको टुंगो नलाग्दा मुख्यमन्त्री गिरीको शपथ ग्रहण ढिला गरी भएको हो।

यस्तै, मुख्यमन्त्री गिरीले सानो मन्त्रिपरिषद् पनि गठन गरेका छन्। नेकपा (एमाले)का नेता चेतनारायण आचार्य र नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी पनि मन्त्री बनेका छन्। उनीहरू बिनाविभागीय मन्त्री बनेका हुन्।

बुधवार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell