PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

श्रीमानलाई चक्कु प्रहार गरेको अभियोगमा श्रीमती पक्राउ



पहिलोपोस्ट

श्रीमानलाई चक्कु प्रहार गरेको अभियोगमा श्रीमती पक्राउ

बुटवल : पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका-७ का ३० वर्षीय शेरजंग थापालाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमती प्रियंका थापालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रियंकाले गत मंसिर १७ गते शेरजंगको पेटमा धारिलो चक्कु प्रहार गरेकी थिइन्। श्रीमान् श्रीमतीबिच पटक-पटक विवाद भएपछि ज्यान मार्ने उद्देश्यले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। प्रियंकालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

त्यस्तै, आफ्नै आमाको हत्या गर्न खोज्ने छोरालाई पनि पाल्पा प्रहरीले पक्राउ गरेको छ। रिब्दिकोट गाँउपालिका-३ का २४ वर्षीय हीराबहादुर दर्लामीले जन्मदिने आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गर्दै अचानोमा राखी तरबारले प्रहार गर्न तयार भएको बेला प्रहरी पुगेर आमाको उद्दार गर्नुका साथै हीराबहादुरलाई पक्राउ गरिएको डीएसपी थापाले बताए।

डीएसपी थापाका अनुसार गत मंगलवार घरमा झगडा परेपछि आमालाई अचानोमा राखी हत्या गर्ने उद्देश्यले तरबार प्रहार गर्न थालेका बेला प्रहरीले दर्लामीलाई पक्राउ गरेको हो। घटनास्थलबाट अचानो र तरबार बरामद भएको प्रहरीले जनाएको छ। दर्लामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell