PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने



पहिलोपोस्ट

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ। 
प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।

नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने भएको छ। अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा लागेको आजपाले जनाएको छ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell